site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संघीय संसद् एकले अर्कालाई गाली गर्ने थलोमा परिणत भयो : चन्द्र भण्डारी
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले संघीय संसद् एकले अर्कोलाई गाली गर्ने थलोमा परिणत भएको टिप्पणी गरेका छन् ।

शुक्रबारबाट रुपन्देहीमा सुरु भएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवर्द्धन महोत्सव–२०८० को उद्घाटन समारोहमा बोल्दै उनले संघीय संसद् गाली गर्ने ठाउँमा परिणत हुँदा ऐन, कानुनहरू बनाउने कामले पूर्णता पाउन नसकेको तर्क गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सांसद भण्डारीले मुलुकमा लुटतन्त्र र अराजकता बढदै गएको उल्लेख गर्दै यसलाई धेरै दिन रहन नदिने चेतावनी समेत दिए ।

वरिपरी जनतालाई गरिबी बनाएर, लिलामीमा राखेर बीचको ठूलो घर सुरक्षित हुनै नसक्ने उल्लेख गर्दै उनले विगतमा जे भएपनि अब अराजकता मुलुकमा धेरै दिन रहन नदिने बताए । सांसद भण्डारीले स्थानीय तह राम्रो भएपनि काम गर्नका लागि बजेटको अभाव रहेको पनि दोहोर्‍याए ।

उनले भने, "हामीले बनाएको स्थानीय तह एकदम राम्रो छ । कहिले को आउँछ, कहिले को आउँछ ? तर यो जनताको सबैभन्दा नजिकको छ । तर, यससँग बजेटको कमी छ । यहाँ कर उठाउ भने अर्को चोटी भोट दिँदैन । हामीले अधिकार सम्पन्न गरेका छौँ । तर ऐन, कानुनहरू पूरा बनाउन सकेका छैनौं । सदनमा झगडा हुने हो । एकले अर्कालाई गाली गर्ने मात्रै हो । गुनासो मात्रै हो । मुलुक कसरी बनाउने भन्ने कुरा एकदम गाह्रो छ । मुलुुक यसरी बन्छ, मुलुक यसरी बनाउनु पर्छ । यति कलिला मेयरहरुको भन्दाभन्दै कपाल फुल्छ कि भन्ने मलाई डर छ । यस्तो स्थिति छ । यसलाई अब हामीले बनाउनु पर्नेछ । संविधान त राम्रो बनायौं । अहिले व्यापारी, उद्योगपतिहरु, किसानहरु सबैभन्दा बढि मर्कामा छन् । वरीपरी जनतालाई गरिब बनाएर, जनतालाई लिलामीमा राखेर बीचको ठूलो घर सुरक्षित हुन सक्दैन । यो हाम्रो सिद्धान्त हो । त्यसकारणले म भन्दैछु–जे दिन थिए, थिए । अब हामीले धेरै दिन यो अराजकता, धेरै दिन यो लुटतन्त्र हामीले रहन दिँदैनौं ।"

सांसद भण्डारीले व्यापारी, उद्योगपतिहरू र किसानहरू मुलुकमा सबैभन्दा बढी मारमा परेकाले उनीहरूलाई साथ दिएर अघि बढ्नुको विकल्प नरहेको बताए ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्