site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हत्या अभियोगमा आठजना पक्राउ
सांकेतिक तस्बिर।

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–५ स्थित सुहेलवामा हत्या अभियोगमा आठजनालाई पक्राउ गरिएको छ ।

प्रहरीले घटनाको मुख्य आरोपमा गुलरिया नगरपालिका–६ का २३ वर्षीय सुलभ थापा, २४ वर्षीय धिरज ठाकुर, वडा नम्बर ५ का १९ वर्षीय दिपेश बुढामगर, वडा नम्बर ८ का १९ वर्षीय सन्दिप थारु र दिनानाथ चौधरीलाई पक्राउ गरेको हो ।

कात्तिक २६ गते राति २३ वर्षका वरुण घिमिरेलाई पुरानो रिसइबीका कारण हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घिमिरेको हत्यामा सहयोगी भूमिका निर्वाह गरेको आरोपमा गुलरिया नगरपालिका–६ का १८ वर्षीय रक्षक भनिने रोशन शाह, वडा ४ का निश्चल थापा क्षेत्री र ठाकुरबाबा नगरपालिका– ३ विदुरपुरका २३ वर्षीय तर्क भण्डारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro