site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
टिकटक प्रतिबन्ध प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धलाई थप प्रभावकारी बनाउनेबारे शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल भएको छ ।

छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव र अन्य अधिकारी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष, प्रधानमन्त्रीका आइटी सल्लाहकारसहितको टोली, इन्टरनेट सेवा प्रदायक एवं टेलिकम कम्पनीका प्रतिनिधिलगायत सहभागी थिए ।

Dabur Nepal
NIC Asia

सरकारले गत कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटक प्रतिबन्धलाई प्रभावकारी बनाउन कुनै अध्ययन गर्नुपरेमा त्यो पनि गरेर अघि बढ्ने निष्कर्ष उक्त बैठकले निकालेको छ ।

छलफलमा सहभागी सञ्चार मन्त्रालयका एक अधिकारीले टिकटकको प्रतिबन्धलाई प्रभावकारी रूपमा लागु गर्नेबारे छलफल भएको बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणसँग इन्टरनेट सेवा प्रदायकहरू जोडिएका कारण प्राविधिक पाटोको बढी जिम्मेवारी उसैसँग रहेको ती अधिकारीले बताए ।

टिकटकको प्रतिबन्धलाई लिएर कसैले स्वागत गरेका छन् भने, केहीले विरोध गरिरहेका छन् । यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा शुक्रबार १० वटा रिट दर्ता भइसकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro