site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पूर्व–पश्चिम राजमार्गका पम्पमा छैन पेट्रोल 

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग आसपासका अधिकांश स्थानका पेट्रोल पम्पमा ‘पेट्रोल छैन’ पर्चा टाँसिएको छ । तिहारको बिदाले गर्दा केही दिनसम्म बन्द रहेका पम्पहरूले पनि पेट्रोल नभएको सूचना टाँसेका छन् ।

यसरी पम्प्लेट राख्नेमा कैलाली, कंचनपुर, बर्दिया, बाँके र दाङ क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग आसपासका पेट्रोल पम्पहरू छन् । यी जिल्लामा पर्ने सडकखण्डका अधिकांश पेट्रोल पम्पमा नै यस्ता पर्चा टाँसिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लगातार बिदाले गर्दा केही डिपोमा यस्तो समस्या आएको हुन सक्ने सम्भावना भए पनि त्यसको बारेमा आफूले बुझ्ने नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए ।

“निरन्तरको बिदाले गर्दा केही समस्या आएको होला । तर, पेट्रोल नै नभएको भन्ने चाहिँ हैन । समस्या नआओस् भनेर हामीले अम्लेखगंज डिपोलाई दैनिक खोल्न लगाएका छौँ,” उनले भने, “केही समस्या भएको भए हामी पनि अनुगमन गर्छौ ।” 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्