site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवाले थपे विभाग, कँडेल बने सहकारीको प्रमुख

काठमाडौं । नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले एउटा विभाग थप गरेका छन् । 

सभापति देउवाले शुक्रबार केन्द्रीय सदस्य देवेन्द्रराज कँडेललाई  सहकारी विभाग प्रमुखको जिम्मेवारी तोकेका हुन् । नेपाली कांग्रेसको गत साउन २ देखि १० गतेसम्म चलेको बैठकले पार्टीका विभागहरूको संख्या ७० पु¥याउने निर्णय गरेको थियो । 

त्यही बैठकको अन्त्यमा भदौ १५ भित्र विभागहरू गठन गरिसक्ने प्रतिबद्धता पनि महामन्त्री गगन थापाले जनाएका थिए । तर, मंसिर १ गते देउवाले थप एउटा विभाग बनाएका हुन् ।

नेपाली कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, मीन विश्वकर्माको नेतृत्वमा केन्द्रीय प्रचार विभाग गठन भएको थियो । देउवाले कँडेलको नेतृत्वमा सहकारी विभाग थप गरेका हुन् ।

Congress-1700210792.jpg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro