site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
प्रतिनिधिसँग छलफल गरेको एक हप्तामै सरकारले बन्द गर्‍यो टिकटक 

काठमाडौं । गृह मन्त्रालयले १९ कात्तिकमा सामाजिक सञ्जालसम्बन्धी एउटा विज्ञप्ति जारी गर्‍यो ।  विज्ञप्तिमा मूख्यतः टिकटकको प्रयोग र त्यसको दुरुपयोगबारे उल्लेख गरिएको छ ।

भनिएको छ– टिकटकमार्फत् हुने अवैध गतिविधि रोक्न सहज हुने भएको छ । १७ गते टिकटकका प्रतिनिधि एवम् गृह मन्त्रालय र प्रहरीको साइबर ब्यूरोको टोलीबीच यस विषयमा छलफल भएको छ । अब सामाजिक सद्भाव र घृणा फैलाउने र गलत पोष्ट गर्नेलाई कानुनी कारबाही गर्न सहज हुने छ ।

Dabur Nepal
NIC Asia

तर, सूचना जारी गरेको ८ दिनमै सरकारले टिकटक नै पूर्ण रुपमा बन्द गर्ने निर्णय गर्‍यो ।  सरकारको उक्त निणर्यबारे शुक्रबार सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट दर्ताको क्रममा छन् । गृहले टिकटकमार्फत् गलत कार्य गर्नेलाई कानुनी दायरामा ल्याउन सहज हुने बताएको एक हप्ता नबित्दै सरकार बन्द गर्ने अवस्थामा किन पुग्यो ? प्रश्न उठेको छ ।

टिकटक कार्यालय सिंगापुरका प्रतिनिधिसँग छलफलमा बसेका एक प्रहरी अधिकारीले भने अपराध अनुसन्धान गर्ने निकायलाई नेपालमै कार्यालय स्थापना गर्न टिकटक कम्पनी तयार नहुँदा सरकार बन्दको अवस्थासम्म पुगेको बताउँछन् ।

“पछिल्लो समय टिकटकमार्फत आपराधिक गतिविधि र सामाजिक सद्भाव बिगार्ने खालका गतिविधि बढेको छ । हाम्रो अपराध अनुसन्धान गर्ने निकायलाई आवश्यक पर्दा टिकटक कम्पनीले समयमै आवश्यक जवाफ दिँदैन । त्यो नहुँदा बन्द गर्ने अवस्थामा सरकार पुगेको हो,” ती अधिकारीले भने ।

टिकटकको तुलनामा अन्य सामाजिक सञ्जालका कार्यालयले जवाफ चाँडो दिने गरेको ब्यूरोका प्रमुख एसएसपी नवीन्द अर्यालले बताए ।  उनले भने, “हामीले मागेको सूचना टिकटक कार्यालयले नदिँदा कतिपय पीडित सधैँ पीडित मात्रै रहिरहने अवस्थामा पुगेका छन् । त्यो हुनु हुँदैन ।”

नेपालबाहेक भारत, अफगानिस्तान, इराक, किर्गिस्तान र सोमालियासमेत टिकटक माथि पूर्ण रुपमा बन्देज गरिएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro