site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्रिटिस कलेज भन्छ– उच्च गुणस्तरको शिक्षा प्रदान गर्न प्रतिबद्ध छौँ

काठमाडौं । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर काठमाडौंमा सञ्चालित ब्रिटिस कलेजले आफू नेपालको प्रमुख शैक्षिक संस्थान बन्न खोजिरहेको बताएको छ ।

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा खुलेका कलेजबारे हालै प्रकाशित समाचारको खण्डन गर्दै ब्रिटिस कलेजले विज्ञप्ति जारी गरेको छ । 

सोही विज्ञप्तिमा कलेजले उच्च गुणस्तरको शिक्षा प्रदान गर्न आफू प्रतिबद्ध रहेको दाबी गरेको हो ।

आफूले सम्बन्धन पाएको बेलायती विश्वविद्यालय राम्रो र्‍याकिंङमा रहेको र उक्त विश्वविद्यालयले शुल्क पनि कम गरेको कलेजले जनाएको छ ।

कलेजमा बेलायत र नेपालका एकेडेमिक्स रहेको र तीमध्ये पीएचडी गरेका पनि रहेको कलेजको भनाइ छ ।

कलेजले आफ्नो शिक्षा पद्धतिको निरीक्षण हुने गरेको र त्यसैले आफ्ना उत्पादनहरू विश्व र नेपाल टपर भएको र रोजगारी पाउनेमा पनि अब्बल रहेको दाबी गरेको छ ।

त्यसैले “कुनै पनि प्रश्न वा चासो भएका जो कसैलाई पनि स्पष्टिकरणका लागि आउन ब्रिटिस कलेजले खुला निमन्त्रणा प्रदान गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति

british-1700204017.jpg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro