site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
के हो ‘टाइगर–३’को ओरालो यात्राको कारण ? 
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । सलमान खान र कट्रिना कैफ स्टारर एक्सन ड्रामा ‘टाइगर–३’ले चौथो दिन २०.५० करोड भारीय रुपैयाँ कलेक्सन गरेको छ । यो अघिल्ला तीन दिनको कलेक्सनको तुलनामा निकै कम हो । 

आइतबार ‘टाइगर–३’ले ४३ करोड, सोमबार ५८ करोड, मंगलबार ४३.५० करोड कलेक्सन गरेको थियो । प्रतिक्षित मानिएको यो चलचित्रले चार दिनमा १६५ करोड भारु कलेक्सन गरेको बलिउड सिनेमाका ट्रेड एनलाइसिस्ट तरण आदर्शले उल्लेख गरेका छन् । 

Agni Group

तरणले आईसीसी एकदिवसीय विश्वकपले ‘टाइगर–३’को बिजनेसलाई प्रत्यक्ष असर गरेको बताएका छन् । बुधबार बिहानको शोजमा दर्शकको उपस्थिति राम्रो भए पनि १ बजेपछि खेलले असर गरेको उनको भनाइ छ । 

तरणले भनेका छन्– टाइगर–३ को ओरालो यात्रा क्रिकेट म्याचमा रेकर्ड ब्रेक दर्शकको उपस्थिति मुख्य कारण स्पष्ट भएको छ । 

Global Ime bank

‘टाइगर–३’ले भारतीय समीक्षकहरुबाट राम्रो रेटिङ पाए पनि सिनेमाको वर्डअर्फ माउथ भने राम्रो छैन । जसका कारण राम्रो हाइप बनाए पनि सिनेमाले अपेक्षित व्यापार गर्न सकेको छैन । 

आइतबार लक्ष्मीपूजाको दिनबाट यो सिनेमा रिलिज भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  ०६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu