site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई दियो २१३ रनको लक्ष्य 

काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २१३ रनको लक्ष्य दिएको छ ।

बिहीबार कोलकातास्थित इडेन गार्डेनमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले ४९.४ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनायो ।

Dabur Nepal
NIC Asia

दक्षिण अफ्रिकाका डेविड मिलरले १०१ रन बनाए । उनले ११६ बलमा आठ चौका र पाँच छक्का प्रहार गरे । ४–२४ को कठिन अवस्थामा रहँदा मिलरले हेनरिक क्लासेनसँग ९५ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकाको इनिङ उकासेका थिए ।

आजको खेलमा जित निकाल्ने टिमले फाइनलमा उपाधिका लागि भारतसँग खेल्ने छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro