site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
दुईवटा माग राखेर नेपालमा 'दिमाग खराब'को प्रदर्शन रोकियो

काठमाडौं । नेपालमा चलचलित्र 'दिमाग खराब'को प्रदर्शन रोकिएको छ । सिनेमा हल सञ्चालकसँग दुईवटा माग राखेर चलिचत्रका निर्माता र निर्देशकले प्रदर्शन रोक्ने निर्णय लिएको जानकारी गराएका छन् ।

उनीहरूले दिनप्रतिदिन दर्शकहरू बढिरहँदा पनि हलहरूले शो नदिएको गुनासो गरेका छन् । अर्कोतिर चलचित्र निर्माता र हल सञ्चालकबीच हुने सेयर बाँडफाँटलाई लिएर पनि उनीहरूले आपत्ति जनाएका छन् ।

Dabur Nepal
NIC Asia

"विदेशी चलचित्रलाई बिना तर्क प्रशस्तै शोहरू दिने र दर्शकको अत्याधिक चासो भएको र दर्शकहरूले हेर्न खोजेका नेपाली चलचित्रलाई पनि आवश्यक शो नदिने प्रचलन पुरानै हो । पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने सेयर बाँडफाँड ५०–५० प्रतिशत हुन्छ । तर, तेस्रो हप्तादेखि निर्मातालाई ३५ प्रतिशत र प्रदर्शकलाई ६५ प्रतिशत सेयर बाँडिने कुरा पनि हामीले जाहेर गर्दछौँ । र, यो अन्यायपूर्ण व्यवहार निरन्तर जारी रहेको हुनाले हामीले प्रतिवाद गर्ने निर्णय गरेका छौँ," चलचित्र दिमाग खराबका निर्माता रौनक विक्रम कडेल र निर्देशक निश्चल बस्नेतले सामूहिकरूपमा जारी गरिएको विज्ञप्तिमा भनिकएको छ । 

उनीहरूले आफूहरूका माग पूरा नभएसम्म चलचित्र प्रदर्शन रोक्ने बताएका छन् । "हामीले चाहेको समान व्यवहार हो र जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबर शो प्रदान गरिँदैन र फिल्म प्रदर्शन भइरहुन्जेल बराबरी सेयर बाँडफाँट हुँदैन तबसम्मका लागि नेपालमा चलचित्र प्रर्दशन रोक्ने निर्णय गरेका छौँ । समान व्यवहार भए सिनेमा हलमै प्रदर्शन गर्ने छौँ नभए अरू कुनै माध्यमबाट हाम्रो सिनेमा दिमाग खराब दर्शकहरूलाई देखाउने छौँ भन्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ," विज्ञप्तिमा भनिएको छ ।

Dimag-Kharab-1700057150.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro