site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
टिकटक प्रतिबन्धपछि लिङ्देनले भने– सरकार निरंकुशताको बाटो हिँड्यो
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार निरंकुशताको बाटो हिँडेको बताएका छन् । टिकटक बन्द गर्ने सरकारको निर्णय निरंकुशताको बाटो भएको उनले बताए ।

“प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूल्ठूला ध्वाँस दिनेहरुबाट टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ । यो निर्णय निरंकुशताको बाटो हो,” उनले भने, “कुनै पनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक छ । तर, त्यही नाममा प्रतिबन्ध स्वीकार गरिन्न ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

टिकटकमाथिको प्रतिबन्ध सुरुआत मात्र भएको भन्दै भोलि एक्स (ट्विटर), फेसबुक आदिमा प्रतिबन्ध हुनसक्ने उनले आशंका व्यक्त गरेका छन् ।

“कुनै पनि नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइने अंकुशको विरोध गरिन्छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “टिकटकमाथिको प्रतिबन्ध अविलम्ब फिर्ता हुनुपर्छ ।”

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्