site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपालमा टिकटक बन्द गर्नेसहित यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेकाले तत्कालका लागि त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

बैठकले जाजरकोट भूकम्पका पीडितलाई अस्थायी आवास निर्माणका लागि दुई किस्तामा प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उक्त रकम रकम विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहमा पठाउने र स्थानीय तहले परिवारको स्वघोषणा र सम्बन्धित वडाको सिफारिसमा लाभग्राहीको बैंक खातामा उपलब्ध गराउने बैठकले निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

सहरी विकास मन्त्रालयले अस्थायी आवास निर्माणका लागि सम्बन्धित स्थानीय तहका प्राविधिकमार्फत प्राविधिक सहयोग उपलब्ध गराउने बैठकको निर्णय रहेको उनको भनाइ छ ।

Global Ime bank

बैठकले अस्थायी आवास निर्माणलगायत कार्यमा समझदारी कायम गर्न सर्वदलीय संयन्त्र कायम गर्ने निर्णय गरेको छ । नेपाल भूकम्प, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको मुलुक भएकाले व्यक्तिगत आवासलगायत सबै भवन तथा संरचनाको बिमा गराउने सम्बन्धमा अध्ययन गरी सरकारको मुख्यसचिवले प्रतिवेदन पेस गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

त्यस्तै, बैठकले कात्तिक २८ गतेदेखि सुरु हुने नेपाल संवत ११४४ को उपलक्ष्यमा सबै नेपालीहरुमा शुभकामना व्यक्त गर्दै विक्रम सम्वत उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवतसमेत उल्लेख गर्ने निर्णय गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu