site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रौतहट हत्याकाण्ड पत्ता लगाउने रियो वर्षकै उत्कृष्ट कुकुर 

काठमाडौं । गएको असार २९ गते रौतहटको देवाही गोनाही नगरपालिका–६ का ३५ वर्षीय जगरनाथ साहको हत्या घटनामा सफल ‘ट्रयाक’ लिने प्रहरीको रियो नाम गरेको कुकुरलाई वर्षको उत्कृष्ट घोषणा गरिएको छ । कुकुर तिहारका दिन आइतबार प्रहरीले रियोलाई उत्कृष्ट कुकुर घोषणा गरेको हो ।

आफ्नै घरमा सुतेका बेला धारिलो हतियार प्रयोग गरी साहको हत्या गरिएको थियो । घटनाको सूचना पाएलगत्तै प्रहरीको वीरगन्जस्थित केनाइन शाखाबाट अपराध अनुसन्धानमा खटिँदै आएको रियो नामको ‘ट्रयाकर डग’लाई घटनास्थलमा प्रयोग गरिएको थियो ।

साहको शवनजिकै महिलाले प्रयोग गर्ने कपालमा लगाउने क्लिप फेला पर्‍यो । त्यही क्लिपलाई सुँघाएर छोड्दा रियोले साहकै श्रीमती चन्दा साहलाई संकेत गरेको थियो । प्रहरीले चन्दामाथि नै केरकार गर्‍यो । तर, उनले सुरुआतमा राति चार युवकको समूहले श्रीमान्‌को हत्या गरेको प्रहरीसमक्ष बयान दिइन् । पछि उनलाई नियन्त्रणमै लिएर अनुसन्धान गर्दा हत्या आफैँले गरेको स्वीकार गरेकी थिइन् ।

Dabur Nepal
NIC Asia

kukur11-1699759641.jpg

राति सुतेका बेला धारिलो हतियार प्रयोग गरेर चन्दाले श्रीमान् जगरनाथको हत्या गरेकी थिइन् । हाल चन्दा जिल्ला अदालत रौतहटको आदेशले पुर्पक्षका निम्ति थुनामा छिन् । यस्तै, पर्साको जगरनाथपुरकी कान्तिदेवी मुखियाको हत्या घटनामा समेत प्रहरीले रियो नै प्रयोग गरेको थियो । उक्त घटनामा रियोले शंकास्पद दुईजनालाई संकेत गरेको थियो ।

उक्त घटनाबारे प्रहरीले अझै अनुसन्धान गरिरहेको छ । हत्या घटनामा सफल ट्रयाक दिएको भन्दै प्रहरी प्रधान कार्यालयले रियोलाई वर्षको उत्कृष्ट कुकुर घोषणा गरेको हो ।

kukur8-1699759640.jpg

बेस्ट हेन्डलर रोजलाई

प्रहरीले कुकुर तिहारकै दिन ‘बेस्ट ह्यान्डर’ महाराजगन्जस्थित केनाइन महाशाखाकै बेल्जियम शेफर्ड रोजलाई दिएको छ । साढे दुई वर्षीय रोजलाई पछिल्लो समय विभिन्न अपराध अनुसन्धानका घटना र प्रहरीले आयोजना गरेका प्रदर्शनमा प्रयोग गरिँदै आएको छ ।

kukur9-1699759640.jpg

गएको भदौ ३० गते काठमाडौंको गैरीगाँउमा चारजनाको सामूहिक हत्या गरिएको थियो । सो घटनामा प्रहरीले रोजलाई नै प्रयोग गरेको थियो । घटना अनुसन्धानमा रोजले सुरुआती सही संकेत गरेको थियो ।

kukur5-1699759639.jpg

गैरीगाउँस्थित दिव्य सःमिलमा काम गर्ने दोलखाका कुमार भुजेलसहित चारजनाको हत्या गरेर सिन्धुपाल्चोकका २२ वर्षीय सञ्जय भण्डारी कोटेश्वरसम्म हिँडेर गएका थिए । त्यहाँबाट गाडी चढेर भक्तपुर पुगेका प्रहरी अनुसन्धानमा खुलेको थियो ।

kukur2-1699759638.jpg

अनुसन्धानका क्रममा रोज कोटेश्वरसम्म उनलाई पछ्याउँदै पुगेको थियो । पछि प्रहरीले सीसीटीभीको माध्यमबाट समेत अनुसन्धान गरेर भण्डरीलाई पक्राउ गरेको थियो । हाल भण्डारी पुर्पक्षका निम्ति जेलमा छन् । उनलाई सुन्धारा कारागार प्रशासनले गोलघरभित्र राखेको छ ।

kukur7-1699759639.jpg

kukur7-1699759639.jpg

kukur2-1699759638.jpg

kukur4-1699759638.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro