साहित्य

सुर्यनारायण एच पेलिस
दुःखको सागर ट्रेन्च मरियानामा छु
खण्डप्रस्थविनै अरण्य रमानामा छु
आइफोनमा खण्डहर झुपडीमा लास
थाहा छैन खै म कुन जमानामा छु
पासपोर्टको पाना साटिएछ मुटुसित
विवश छु स्वतन्त्र झ्यालखानामा छु
सडकमा खोज्छु मेटिएको प्रेमिल डोब
बेस्तै छु म आँसुको कारखानामा छु
घरको करेसाबारीमा प्रीति फुल्दैन रे
भग्नावशेष अहो, लौन विपनामा छु
(म्याग्दे–६, तनहुँ)
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८० ०६:३२
प्रतिक्रिया दिनुहोस्