site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गणतन्त्र असफल भइसक्यो, व्यवस्था फेर्न तेस्रो जनआन्दोलन आवश्यक : कमल थापा

पोखरा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बितेको १७ वर्षको अनुभवबाट संघीय गणतन्त्र असफल सावित भएको बताएका छन् । आज पोखराको चाउथे चोकमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अहिलेको व्यवस्था सुधारिने कुनै संकेत नदेखिएकाले अब व्यवस्था र अवस्था परिवर्तनका लागि तेस्रो जनआन्दोलनको आवश्यक रहेको बताए ।

उनले सबै समस्याको जड राजसंस्था, हिन्दु राष्ट्र र एकात्मक शासनलाई देखाएर बनाइएको गलत भाष्यले मुलुकलाई संकटको भुमरीमा फसाएको बताए । विदेशी दबाब र प्रभावमा जनताको अभिमतबिना मुलुकको राष्ट्रिय धरोहरहरूलाई भत्काउने काम भएकोमा आपत्ति प्रकट गर्दै थापाले षड्यन्त्रपूर्वक जबरजस्तीस्ती लादिएको राज्य प्रणालीको आयु लामो नहुने समेत जिकिर गरे ।

थापाले अहिले मुलुकमा चलिरहेको भ्रष्टाचारको चक्रलाई तोड्न आन्दोलनको विकल्प नभएको समेत बताए । राप्रपा नेपालले आन्दोलनको तयारी गरिरहेकाले सबै राष्ट्रवादी शक्तिहरू एक ठाउँमा बसेर मुलुकलाई विकल्प दिनुपर्ने उनको धारणा थियो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  २१:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro