site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भूकम्पपीडितलाई नगद र कम्बल सहयोग 

काठमाडौं । भीजी फाउन्डेसनले भूकम्पपीडितका लागि नगद तथा कम्बल वितरण गरेको छ ।  

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

Dabur Nepal
NIC Asia

फाउन्डेसनका अध्यक्ष अशोक अग्रवालले शुक्रबार गृह मन्त्रालयमै आएर उक्त सहयोगको चेक उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी भूकम्पपीडितका लागि २०० कार्टुन बिस्कुट र २०० सय कार्टुन कन्फेल्क्सन पनि नेपाल पठाएको फाउन्डेसनका अध्यक्ष अशोक अग्रवालले बताए । 

त्यससँगै प्रभावित प्रदेशसम्म आफैँ ढुवानी गर्नेगरी फाउन्डेसनले पाँच सय थान कम्बल समेत सहयोग गरेको छ । उपप्रधानमन्त्री श्रेष्ठलाई कम्बलका नमुना हस्तान्तरण गरिएको थियो । फाउन्डेसनले ट्रकमा लोड गरेर आजै सुर्खेत पुग्नेगरी कम्बल पठाइसकिएको जानकारी दिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro