site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तिहारमा डिजिटल कारोबार गर्दा ग्लोबल आइएमई बैंकका ग्राहकले क्यासब्याक पाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबारमार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ । 

बैंकका डेबिट वा क्रेडिट कार्डवाहक ग्राहकहरूले नेपालभरका पस मेसिनमा एक हजार रूपैयाँ वा सोभन्दा बढीको कम्तीमा तीन वटा कारोबारमा ३०० रुपैयाँ अथवा पाँच वटा कारोबारमा ५०० क्यासब्याक पाउनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पस मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि कात्तिक २५ गते काग तिहारदेखि कार्तिक २९ भाइटीकासम्म रहेको बैंकले जानकारी दिएको छ । 

बैंकको मोबाइल बैंकिङ एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले सो अवधिको बेलुका ५ बजेदेखि ८ बजेसम्म क्यूआरमार्फत प्रोमो कोड तिहार लेखी भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा ३०० सम्म क्यास ब्याक पाउनेछन् ।

Global Ime bank

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक क्यासब्याक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले ३५२ शाखा, ३७५ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय