site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
होटेल क्राउन हिमालयजमा एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई छुट
Tiktok banner adTiktok banner ad

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र होटेल क्राउन हिमालयजबीच छुटसम्बन्धी सम्झौता भएको छ ।

पोखराको लेकसाइडमा रहेको होटेलमा बुधबार एक कार्यक्रमबीच छुट सम्झौतामा हस्ताक्षर भएको हो ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र होटेलका सञ्चालक आग्रह अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै अब एभरेष्ट बैंकका ग्राहक तथा कर्मचारीले होटेलको सेवामा १० प्रतिशत छुट पाउनेछन् । कोठा, रेष्टुरेन्ट र स्पाको सेवामा प्राप्त हुने छुटले बैंकका ग्राहक तथा कर्मचारीहरू लाभान्वित हुने बैंकका  सहायक प्रमुख कार्यकारी अधिकृत शर्माले विश्वास गरे ।

सम्झौता कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख सुधिर गौतम, पोखरा शाखाका प्रमुख उज्वलराज शर्मा लगायतको उपस्थिति थियो ।

होटल क्राउन हिमालयज पोखरा क्षेत्रको सुविधा सम्पन्न होटेलहरूमा पर्छ ।

होटेलबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आफूहरूले स्तरीय सेवा प्रदान गरिरहेको सञ्चालक अर्यालले जानकारी दिए । होटेलमा ३८ वटा कोठाहरू छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  २३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro