खेल
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा बिहीबार (आज) मकवानपुरको हेटौँडामा हुँदै छ ।
यो विशेष साधारणसभामा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले अविश्वासको प्रस्ताव सामना गर्दै छन् । एक वर्षअघि मात्र निर्वाचित नेम्वाङ एन्फाको इतिहासमा अविश्वासको प्रस्ताव सामना गर्ने पहिलो अध्यक्ष हुनेछन् ।
गएको असोज १७ गते बसेको एन्फाको आपत्कालीन बैठकबाट बर्खास्तको प्रस्ताव सामना गर्न मकवानपुरमा साधारणसभा बोलाइएको हो । एन्फामा साधारणसभामा ८६ सदस्यसँग मात्र मताधिकार रहने व्यवस्था छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८० ०९:४४
प्रतिक्रिया दिनुहोस्