site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सहज जितसहित रियाल अन्तिम–१६ मा प्रवेश 
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्पोर्टिङ ब्रागाविरुद्ध ३–० को सहज जित निकाल्दै स्पेनिस क्लब रियाल मड्रिडले यूईएफए च्याम्पियन्स लिगको अन्तिम–१६ मा स्थान निश्चित गरेको छ ।

बुधबार भएको खेलमा रियाललाई जित दिलाउन ब्राहिम डियाज, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरे । पहिलो हाफमा एक गोल गरेको रियालले दोस्रो हाफमा दुई गोल थपेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको २७औँ मिनेटमा ब्राहिम डियाजले गोल गर्दै रियाललाई अग्रतामा राखेका थिए । ५८औँ मिनेटमा भिनिसियस जुनियरले रियालको अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि नै रोड्रिगोको गोलबाट रियालले अग्रतालाई ३–० मा पुर्‍याएको थियो ।

यो जितसँगै समूह ‘सी’मा चार खेलबाट १२ अंकसहित शीर्ष स्थानमा रहँदै रियालले अर्काे चरणमा स्थान सुरक्षित गरेको छ । समूह चरणमा रियालले अझै दुई खेल खेल्न बाँकी छ ।

Global Ime bank

समूहको अर्काे खेलमा नापोली र एफसी युनियन बर्लिनले १–१ गोलको बराबरी खेलेका छन् । तालिकामा सात अंकसहित नापोली दोस्रो, तीन अंकसहित ब्रागा तेस्रो र एक अंकसहित बर्लिन पुछारमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement