site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनएसएलको दोस्रो संस्करणका लागि ललितपुरको जर्सी सार्वजनिक 

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि ललितपुर सिटी एफसीले जर्सी सार्वजनिक गरेको छ । ललितपुरले बुधबार एक कार्यक्रममाझ प्रतियोगिताका लागि होम र अवे जर्सी सार्वजनिक गरेको हो ।

ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले जर्सी सार्वजनिक गरेकी हुन् ।

ललितपुरले होम जर्सीको रूपमा रातो र कालो रङको जर्सी सार्वजनिक गरेको छ । यस्तै, अवे जर्सी सेतो र रातो रङको छ । जर्सीको दायाँतर्फ क्लबको लोगो र बायाँतर्फ किट पार्टनर टी–१० स्पोर्ट्सको लोगो छ ।

Dabur Nepal
NIC Asia

एनएसएलको दोस्रो संस्करणमा ललितपुरलाई प्रभु बैंकले मुख्य प्रायोजक गरेको छ । क्लबले मुख्य प्रशिक्षकमा पियान एन्ड्रयु मिलान र सहायक प्रशिक्षकमा रविन्द्र सिलाकारलाई भित्र्याएको छ ।

कार्यक्रममा बोल्दै उपमेयर बज्राचार्यले क्लबले ललितपुरको सांस्कृतिक महत्त्वलाई पनि बोकेर हिँडेको बताइन् ।

Lalitpur-FCC-1699460325.jpg

"क्लबको नामले ललितपुरलाई बोकेको छ । सँगै क्लबले फुटबलबाट कल्चरलाई पनि जोड्न खोज्नुभएको छ । क्लबले ललितपुर सिटी, फुटबल र कल्चरलाई एकसाथ ल्याएको छ । क्लबले खेलको माध्यमबाट ललितपुर सिटीको कल्चरलाई युवा र अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने छ भन्ने आशा लिएको छु । क्लबलाई आगामी दिनमा पूर्ण सफलताको कामना गर्न चाहन्छु," उनले भनिन् ।

यस्तै, क्लबका प्रबन्ध निर्देशक आलोकजंग जोशीले जर्सीमा ललितपुरको संस्कृतिलाई जोड्न खोजिएको बताए ।

Lalitpur-FCC-1-1699460325.jpg

"हामीलाई साथ दिनुहुने सम्पूर्ण प्रायोजकहरूमा धन्यवाद । हामीले होम र अवे दुवै जर्सीमा ललितपुरको कल्चरलाई झल्काउने प्रयास गरेका छौँ । हामीलाई यहाँसम्म आउन सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्न चाहन्छु," निर्देशक जोशीले भने ।

एनएसएलको दोस्रो संस्करण मंसिर ९ गतेदेखि सुरु हुँदै छ । प्रतियोगिताको दोस्रो संस्करणमा कुल नौ टिमले प्रतिस्पर्धा गर्ने छन् । ललितपुरले मंसिर १० गते बुटवल लुम्बिनी एफसीविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  २२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro