site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सप्तरीबाट पाँच राउन्ड गोली र लागुऔषधसहित दुईजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । सप्तरीको खडक नगरपालिका–११, बनौलीबाट थ्रिनटथ्री राइफलको गोली पाँच राउन्ड र लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । उनीहरूलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२ बस्ने १९ वर्षीय धर्मजितकुमार यादव र सप्तरीको खडक नगरपालिका–११, बनौली बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरूको साथबाट अवैध लागुऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागुऔषध नाइट्राभेट दुई ट्याब्लेट पनि बरामद गरिएको छ । 

इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले धर्मजितलाई गोली र किशोरलाई लागुऔषधसहित पक्राउ गरेको जनाइएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro