site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रमेश हमाललाई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीका उपाध्यक्ष प्रमेश हमाललाई दिइएको छ । हमाललाई कार्यबाहकको जिम्मेवारी दिएर अध्यक्ष माधवकुमार नेपाल मंगलबार चीन भ्रमणमा गएका हुन् ।

अध्यक्ष नेपाल नेतृत्वको १५ जनाको टोलीले युनानमा चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नेतृत्वसँग भेटघाट गर्नेछ । साथै, युनानमा आयोजित कृषि विकाससम्बन्धी बैठकमा टोली सहभागी हुनेछ ।

भ्रमण टोली युनानमा आयोजित सेयरिङ द एचिभमेन्ट अफ बेल्ट एन्ड रोड फोरमसम्बन्धी दक्षिण र दक्षिण एसियाली पार्टी प्रतिनिधिहरूको छलफल कार्यक्रममा सहभागी हुनेछ । भ्रमण टोली कात्तिक २८ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro