site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
काबुलमा यात्रुवाहक बसलक्षित विस्फोट, सातजनाको मृत्यु
सांकेतिक तस्बिर।
Sarbottam CementSarbottam Cement

काबुल । अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बसलाई लक्षित गरी भएको विस्फोटमा सातजनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका छन् ।

काबुल प्रहरीका प्रवक्ता खालिद जादरानले राजधानीको दश्त–ए–बार्ची क्षेत्रमा विस्फोट भएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

जादरानले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा लेखेका छन्, “काबुलको दश्त–ए–बार्ची क्षेत्रमा सर्वसाधारण यात्रु बोकेको बसमा विस्फोट भएको छ । दुर्भाग्यवश हाम्रा सातजना देशवासी सहिद भएका छन् र अन्य २० जना घाइते भएका छन् ।”

सुरक्षाकर्मी घटनास्थलमा पुगेको र अनुसन्धान सुरु गरिएको उनले बताए ।

Global Ime bank

सन् २०२१ को अगष्टमा तालिबानले अमेरिका समर्थित सरकारलाई सत्ताच्युत गरेपछि तालिबानले आफ्नो विद्रोह अन्त्य गरेपछि बम विस्फोट र आत्मघाती आक्रमणको संख्यामा नाटकीय रुपमा कमी आएको छ ।

यद्यपि, आईएसको क्षेत्रीय शाखासहित थुप्रै सशस्त्र समूहहरू अझै पनि खतरामा छन् । गत अक्टोबरको अन्त्यतिर इस्लामिक स्टेट समूहले सोही क्षेत्रमा रहेको एक स्पोर्ट्स क्लबमा भएको विस्फोटको जिम्मेवारी लिएको थियो । उक्त विस्फोटमा चारजनाको मृत्यु हुनुका साथै सातजना घाइते भएको तालिवान अधिकारीहरूले बताएका थिए । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ००:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement