देश
काठमाडौं । जाजरकोट भूकम्पका घाइतेहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अधिकांश घाइतेहरूको वडामा रहेका स्थानीय स्वास्थ्य संस्था र अस्पताल तथा जिल्लामा रहेका प्रादेशिक अस्पतालहरूमा उपचार भइरहेको छ ।
रिफर भएका घाइतेहरूमध्ये प्रादेशिक अस्पताल सुर्खेतमा १९ जना, भेरी अस्पताल नेपालगन्जमा ४६ जना, त्रिवि शिक्षण अस्पताल काठमाडौंमा आठजना र राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा एकजनाको उपचार भइरहेको छ ।
मन्त्रालयले प्रभावित क्षेत्रका स्वास्थ्य संस्थाहरूबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह सञ्चालनमा रहेको पनि जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८० २१:०५
प्रतिक्रिया दिनुहोस्