site stats
बाह्रखरी :: Baahrakhari
देश
सरकारी कोषमा दुई करोड ३० लाख रुपैयाँ जम्मा, शीर्ष स्थानमा मिनबहादुर गुरुङ

काठमाडौं । जाजकोट भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा दुई करोड ३० लाख रुपैयाँ जम्मा भएको छ ।

गएको शनिबारयता बैंक खातामा विभिन्न दाताबाट दुई करोड ३० लाख ४७ हजार रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

Argakhachi Cement Island Ad

सार्वजनिक विवरणअनुसार कोषमा सबैभन्दा धेरै मिनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार रुपैयाँ जम्मा गरेका छन् । त्यसपछि बुद्ध एयरले एक करोड रुपैयाँ जम्मा गरेको छ ।

यसैगरी मुक्तिनाथ दर्शनले पाँच लाख रुपैयाँ कोषमा जम्मा गरेको छ ।

अन्य शीर्षक राखेर प्रधानमन्त्रीको कार्यालयले १४ लाख ३६ हजार रुपैयाँ जम्मा भएको जनाएको छ ।

जाजरकोटमा गएको शुक्रबार राति गएको भूकम्पले ठूलो जनधनको क्षति भएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  २०:२४
प्रतिक्रिया दिनुहोस्