site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सरकारको स्वामित्वमा रहेका उद्योग सञ्चालनमा ल्याउन कार्यदल बनाइने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा निजीकरण समितिको ९४औँ बैठक बसी निजीकरण प्रक्रिया र प्रतिष्ठानहरूको विवाद तथा समस्या समाधानलगायत विषयहरूमा बृहत छलफल भएको छ । 

उक्त बैठकले हाल नेपाल सरकारको स्वामित्वमा रहेको तर बन्द अवस्थामा रहेका उद्योग वा प्रतिष्ठानहरूका सम्बन्धमा कार्यदल बनाइ संचालनमा ल्याउन सक्ने सम्भावना र मोडालिटीका बारेमा अध्ययन गर्ने, अध्ययनको निष्कर्षका आधारमा अगाडि बढ्ने निर्णय गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तर जुनसुकै मोडेलमा सञ्चालन गरिए पनि सम्बन्धित उद्योग प्रतिष्ठानको भोगाधिकारमा रहेका जमिनको स्वामित्व भने नेपाल सरकारकै रहने पनि उक्त बैठकले निर्णय गरेको छ ।

यसैगरी, बैठकले नेपाल रोजिन एण्ड टर्पेन्टाइन, नेपाल चिया विकास निगम, रघुपति जुट मिललगायत प्रतिष्ठानको निजीकरणपश्चात सम्झौता कार्यान्वयनमा देखिएका समस्याको कानुनी, प्राविधिक तथा व्यवस्थापकीय पक्षसमेत अध्ययन विश्लेषण गर्ने भएको छ । 

Global Ime bank

अध्ययन गरी सुझाव र सिफारिस निजीकरण समितिमा प्रस्तुत गर्न नेपाल सरकारका सचिवहरू संयोजक रहने गरी अलग–अलग कार्यदल गठन गरेको छ ।

यस्तै, हाल बन्द अवस्थामा रहेका नेपाल ओरिन्ट म्याग्नेसाइट लगायत सात वटा उद्योगहरू संचालनका मोडालिटी तथा विकल्पहरूबारे समेत छलफल भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १८:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement