site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जाजरकोटमा परकम्पको संख्या ३९७ पुग्यो, केन्द्र भन्छ– अझै रोकिएको छैन  
SkywellSkywell

काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गत शुक्रबार राति गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन । गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्पको गएको थियो । 

“रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएपछि त्यसको परकम्प जानेक्रम रोकिएको छैन । त्यसयता रामिडाँडा र त्यसको आसपासमा परकम्प गइरहेको छ,” राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बाह्रखरीसँग भन्यो, “शुक्रबार राति ११ः४७ बजेको भूकम्पपछि ४.० म्याग्निच्युडभन्दा माथिका ९ वटा परकम्प गइसकेको छ ।”  

Dabur Nepal
NIC Asia

केन्द्रका अनुसार शुक्रबार यता साना ठूला गरी ३९७ वटा परकम्प गइसकेको छ । “यो सोमबार ४ः४० बजेसम्मको तथ्यांक हो । यसपछि पनि थुप्रै परकम्प गइसकेका छन् । तर रेकर्ड गर्न बाँकी छ,” केन्द्रले बाह्रखरीसँग भन्यो, “आज बिहान रेकर्ड गर्नेछौँ ।” 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतले परकम्प जानेक्रम नरोकिएको बताएको छ । “हिजो ४ः४० बजेपछि पनि परकम्प गइरहेको छ । तर, आधिकारिक रुपमा रेकर्ड राख्न बाँकी छ,” केन्द्रले भन्यो, “कम्तीमा परकम्पको संख्या ४१० पुगेको हुनुपर्छ । हामी बिहान ८ बजेसम्म आधिकारिक तथ्यांक राख्ने छौँ ।” 

शुक्रबारको भूकम्पमा जाजरकोट र रुकुम (पश्चिम)मा गरी १५३ जनाको मृत्यु भएको थियो । २५६ जना घाइते भएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu