देश
काठमाडौं । जाजरकोटमा आज गएको ५.८ म्याग्निच्युडको भूकम्पको परकम्पका कारण तीनवटा घर भत्किएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक एवं सूचना अधिकारी माधव विश्वकर्माले भेरी नगरपालिका–४, रानागाउँमा परकम्पले घर भत्काएको जानकारी दिए ।
उनका अनुसार कुशे गाउँपालिका–५ मा एकजना र भेरी नगरपालिकामा–१ मा एकजना गरी दुईजना घाइते भएका छन् । कुशेमा बाटोमाथिबाट ढुंगा खसेर चोट लागेको हो । भेरीमा धक्कापछि भाग्ने क्रममा चोट लागेको हो ।
यस्तै, उनले परकम्पका कारण रिम्नानजिकको सडक सुक्खा पहिरो खसेर अवरुद्ध बनेको जानकारी दिए । तर, अहिले अवरुद्ध सडक खुलाइसकिएको छ ।
गएको शुक्रबारयता झन्डै चारसय परकम्प गएका छन् । तीमध्ये आज ठूलो परकम्प गएको हो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८० २१:०८
प्रतिक्रिया दिनुहोस्