site stats
बाह्रखरी :: Baahrakhari
देश
भूकम्प पीडितलाई भारतले पठाएको ९ टन राहत सामग्री नेपाल आइपुग्यो

काठमाडौं । भारतले भूकम्प पीडितका लागि थप राहत पठाएको छ । भारतका विदेशमन्त्री एस. जयशंकरले करिब नौ टन बराबरको आपत्‌‍कालीन राहत नेपाल पुगेको जानकारी दिएका छन् । 

ट्विटरमा उनले चुनौतीपूर्ण समयमा भारत नेपालको साथमा रहेको बताएका छन् ।

Argakhachi Cement Island Ad

यसअघि भारतले आइतबार पनि राहत सामग्री पठाएको थियो । 

गएको शुक्रबार राति जाजरकोटमा गएको भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  २०:५८
प्रतिक्रिया दिनुहोस्