site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जाजरकोट भूकम्प : १३ हजारभन्दा बढी घरमा क्षति, तीन हजार ७३ पूर्ण ध्वस्त 
Sarbottam CementSarbottam Cement

काठमाडौं । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति आएको भूकम्पले १० जिल्लामा १३ हजार ४२९ घरमा क्षति पुर्‍याएको प्रारम्भिक अध्ययनले देखाएको छ । 

६.४ म्याग्निच्युडको भूकम्पले सबैभन्दा बढी जाजरकोट र रुकुम (पश्चिम)का घरमा क्षति गरेको छ । क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेकाले यो संख्या अझ बढ्ने देखिन्छ । 

गृह मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट बाह्रखरीलाई प्राप्त प्रारम्भिक विवरणअनुसार भूकम्पले तीन हजार ७३ घरमा पूर्ण, पाँच हजार ५९५ घरमा आंशिक र चार हजार ७६० घरमा सामान्य क्षति गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार भूकम्पले रुकुम पश्चिममा मात्र ९ हजार ५३८ घरमा क्षति गरेको छ । यो आइतबार रातिसम्म प्राप्त विवरण हो । 

रुकुम पश्चिममा भूकम्पले दुई हजार १३६ घरमा पूर्ण, दुई हजार ६४२ घरमा आंशिक र चार हजार ७६० घरमा सामान्य क्षति गरेको उनले बताए । 

Global Ime bank

“भूकम्पले क्षति गरेको विवरण संकलन गर्ने कार्य जारी छ । स्थानीय तहबाट विवरण आइरहेका छन् । क्षति भएका घरको संख्या अझै बढ्छ,” सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले बाह्रखरीसँग भने । 

गृह मन्त्रालयका अनुसार भूकम्पको केन्द्रविन्दु रहेको जाजरकोट जिल्लामा ९०५ घर पूर्ण र दुई हजार ६८५ घरमा आंशिक क्षति गरेको छ ।

प्राप्त विवरणअनुार भूकम्पले रुकुम पूर्वका ११८ घरमा आंशिक र पाँच घरमा पूर्ण क्षति गरेको छ । सल्यानका ९७ घरमा आंशिक र २५ घरमा पूर्ण क्षति गरेको छ । 

यस्तै, रोल्पाका १७ घर, नवलपरासी पूर्वको एकमा आंशिक क्षति गरेको छ । दैलेखका एक घरमा आंशिक र एक घरमा पूर्ण, दाङका ६ घरमा आंशिक, बैतडीमा एक घरमा पूर्ण र प्युठानका २९ घरमा भूकम्पले आंशिक क्षति गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय