site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वेस्ट इन्डिजका विश्वकप विजेता नारिनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास
फाइल तस्बिर ।

काठमाडौं । वेस्ट इन्डिजका स्पिनर सुनिल नारिनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । नारिनले वेस्ट इन्डिजबाट १०० भन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

सन् २०१२ मा श्रीलंकामा आयोजित ट्वान्टी–२० विश्वकपको उपाधि वेस्ट इन्डिजले जित्दा नारिन टिमका महत्त्वपूर्ण सदस्य थिए । उनले उक्त प्रतियोगितामा नौ विकेट लिएका थिए ।

नारिनले पछिल्लोपटक २०१९ मा वेस्ट इन्डिजमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनले सोमबार सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् ।

“मैले वेस्ट इन्डिजबाट पछिल्लोपटक खेलेको चार वर्ष पुगिसकेको छ । तर, आज म अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्दै छु,” नारिनले सामाजिक सञ्जालमा लेखेका छन् ।

नारिनले वेस्ट इन्डिजबाट ६ टेस्टमा २१, ६५ एकदिवसीयमा ९२ र ५१ ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५२ विकेट लिएका छन् । उनले २०११ डिसेम्बर ५ मा भारतविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro