site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ट्वान्टी–२० विश्वकपमा नेपाल : दशकपछि घरेलु मैदानबाट पाएको उपलब्धि
Sarbottam CementSarbottam Cement

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खचाखच दर्शकमाझ आइतबार आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको उपाधि छिनोफानो भयो ।

घरेलु टिमले फाइनलसम्मको यात्रा तय गरेकाले उपाधि घरमै राखेको हेर्ने चाहनासहित मैदान पुगेका दर्शकलाई त्रिविको प्यारापिट शैलीको भिरालो जमिनले मुस्किलले धानिरहेको थियो । उपाधि भिडन्तमा थिए– नेपाल र ओमान ।

यी दुवै यस्ता टिम हुन्, जो एसोसिएट राष्ट्रमध्ये आफूलाई अब्बल सावित गर्न लागिरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

Oman-a-1699198419.jpg

यो खेलका लागि त्रिवि मैदानको कम्पाउडभित्र करिब १५ हजार दर्शक थिए । त्यतिकै संख्याका दर्शक टिकट नपाउँदा बाहिरै उभिएर हेरिरहेका थिए । रुखका हाँगा, मैदानबाहिर घरहरूको छतसमेत भरिभराउ थियो ।

Global Ime bank

तर, फाइनलमा घरेलु समर्थकको यो बेपरवाह मायालाई नेपाली टिमले न्याय गर्न सकेन । उपाधि भिडन्तमा नेपाल पाहुना टिमसँग सुपर ओभरमा ११ रनले पराजित भयो । टस जितेर ब्याटिङमा आएको नेपालले २० ओभरमा १८४ रन बनाएको थियो । १८५ रनको लक्ष्यसहित मैदान उत्रिएको ओमानले पनि २० ओभरमा नौ विकेट गुमाएर १८४ रनमात्र जोड्न सक्यो । त्यसपछि, खेलको निर्णयका लागि आवश्यक पर्‍यो, सुपर ओभरको ।

सुपर ओभरमा ओमानले पहिले ब्याटिङ गर्दै २१ रनको योगफल खडा गरेको थियो । ६ बलमा २२ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपाली टिमले त्यसलाई भेटाउन सकेन । नेपालले १० रन जोड्दा दुई विकेट गुमाएपछि विजेताको टुंगो लाग्यो । ओमान च्याम्पियन बन्यो । तर, खेलको रोमाञ्चकता दर्शकका निम्ति ‘पैसा असुल’ रह्यो ।

Nepali-Ci-1699198416.jpg

त्यसो त यो हारबाट नेपाली टिम, मैदान पुगेका समर्थक र नेपाली क्रिकेट प्रेमी खासै निराश बनेनन् । किनकि फाइनलको दुई दिनअघिमात्र नेपालले १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा स्थान बनाइसकेको थियो ।

नेपालमा आयोजित छनोटमा कुल आठ टिम सहभागी थिए । जसबाट फाइनल पुग्ने दुई टिम आगामी वर्षको ट्वान्टी–२० विश्वकपमा छनोट हुने प्रावधान थियो । जसमा नेपाल र ओमानले आगामी वर्ष उत्तर अमेरिकामा हुने विश्वकपमा स्थान निश्चित गरे ।

योसँगै विश्वकपको मञ्चमा एक दशकपछि नेपाली राष्ट्रिय गान गुन्जिने पक्का भएको छ । नेपालले पछिल्लोपटक सन् २०१४ मा भएको विश्वकप खेलेको थियो । जसलाई दक्षिण एसियाली छिमेकी बंगलादेशले आयोजना गरेको थियो ।

Nepal-Cricket-1699198417.jpg

एक दशकको पर्खाइ

नेपालको विश्वकप यात्रा बुझ्न छनोटको फाइनलभन्दा दुई दिनअघि पुग्नुपर्छ । कात्तिक १७, शुक्रबार । मूलपानीस्थि माथिल्लो मूलपानी मैदानमा छनोटको एक सेमिफाइनल खेल थियो । जहाँ दुई अब्बल एसोसिएट राष्ट्र नेपाल र र मध्यपूर्वको अरबी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) एकै लक्ष्यसहित मैदान उत्रिएका थिए ।

समूह ‘ए’ को उपविजेता नेपाल र ‘बी’ को विजेता यूएईबीचको यो खेल दुवै टिमलाई विश्व क्रिकेटमा परिचित गराउने एक अन्तिम लडाइँ थियो । पछिल्लो केही वर्षयता एसोसिएट क्रिकेटमा नेपाल र यूएईबीचको खेल ‘एल क्लासिको’ नै बनेको छ । टकराव, तनाव, अनिश्चितता र रोमाञ्च सबैको एकमुस्ट संग्रह नै बन्छ, यी दुईबीचको खेल ।

तर, शुक्रबार भने यो लडाइँमा घरेलु टिमले सहजै बाजी मार्‍यो । मुहम्मद वसिमको कप्तानीमा रहेको टिमले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा दुई विकेटको क्षतिमा भेटाउँदै विश्वकपमा स्थान निश्चित गर्‍यो ।

“एकदमै भाग्यमानी अनुभव भइरहेको छ । टिमका दुई जनाबाहेक सबै त्यही विश्वकप हेरेर हुर्किएको,” विश्वकपमा छनोट भइसकेपछि कप्तान रोहितकुमार पौडेलले भने, “सोम दाइ र विनोद दाइबाहेक सबैले त्यही विश्वकप हेरेर क्रिकेट खेल्न सुरु गरेका होलान् । २०१४ मा विश्वकप हेरेको, त्यसपछि क्रिकेट खेलेको, काठमाडौं आएको टिममा परेको । म एकदमै भाग्यमानी महसुस गरिरहेको छु ।”

Sompal-1699198416.jpg

२०१४ को विश्वकपपछि सोमपालमात्र यस्ता क्रिकेटर हुन्, जो एक दशकयता निरन्तर नेपाली टिममा छन् । सोमपाल नेपालले विश्वकप खेल्नेमात्र नभई जित्नेमा समेत विश्वस्त देखिए ।

“यो अनुभव शब्दमा बताउँनै सक्दिनँ । एकदमै खुसी लागिरहेको छ । विश्वकप नखेलेको पनि धेरै समय भइसक्यो । २०२३ ले धेरै चिजहरू दियो । एकदमै भाग्यमानी अनुभव भइरहेको छ,” सोमपालले भने, “हामी विश्वकप खेल्नमात्र हैन, जित्न पनि गइरहेको छौँ ।”

गत वर्षको हार र अहिलेको बदला 

नेपाल र यूएईले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै वर्ष प्रवेश गरेका हुन्, सन् २०१४ मा । दुवै टिमले बंगलादेशमा भएको ट्वान्टी–२० विश्वकपबाट क्रिकेटको यो सानो संरचनामा ‘डेब्यू’ गरेका थिए । 

त्यसपछि, यूएईले सन् २०२२ को ट्वान्टी–२० विश्वकप पनि खेल्यो । जतिबेला यूएईले विश्वकपका लागि निर्णायक खेलमा नेपाललाई नै हराएर दोस्रोपटक विश्वकप खेलेको थियो ।

सन् २०२२ को फेब्रुअरीमा ओमानमा भएको आईसीसी ट्वान्टी–२० विश्वकप क्वालिफायर ‘ए’ फाइनल पुग्ने दुई टिमले विश्वकप खेल्ने प्रावधान थियो । नेपाल समूह ‘बी’ को सबै खेल जित्दै विजेताको रूपमा सेमिफाइनल आएको थियो । यूएई भने समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम चारमा आएको थियो । र, नेपाललाई ६८ रनले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । त्यसबेला यूएईले दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १८.४ ओभरमा १०७ रनमै अलआउट भएको थियो ।

एकपटक फेरि यही दुई टिम विश्वकप छनोटको निर्णायक खेलमा शुक्रबार भिडे । फाइनल पुग्ने दुई टिमले विश्वकप खेल्ने प्रावधान २०२२ को जस्तै थियो । तर, यसपटक समूह चरणको नतिजा भने फरक थियो । अहिले यूएई समूह ‘बी’को विजेता र नेपाल समूह ‘ए’को उपविजेताको रूपमा सेमिफाइनल आएका थिए । 

शुक्रबार मूलपानी क्रिकेट मैदानमा जित निकाल्दै नेपाल १० वर्षपछि विश्वकपको मञ्चमा उक्लियो, त्यो पनि गत वर्षको त्यो नमिठो हारको बदलासहित ।

रोहितले यूएईलाई हराउँदै विश्वकपमा छनोट भएको त्यो क्षणलाई सम्झिए, “भगवान्‌लाई धन्यवाद भनेँ । कसरी हुन्छ नेपालले यो विश्वकप खेल्न पाए हुन्थ्यो भन्ने कामना गरेको थिएँ । भएपछि भगवान्‌लाई धन्यवाद भनेँ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  २१:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC