site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बलिङतर्फ पावर प्लेमा केही गल्ती भयो : प्रशिक्षक देसाई
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले यो वर्ष नेपाली क्रिकेटका लागि धेरै राम्रो भएको उल्लेख गर्दै अब आईसीसी ट्वान्टी–२० विश्वकपतर्फ ध्यान रहेको बताएका छन् । ओमानसँगको फाइनलमा हारपछि उनले यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले समग्रमा यो वर्ष नेपाली खेलाडीले धेरै राम्रो गरेको धारणा राखे ।

एउटा फाइनल हेरेर मात्र नहुने भन्दै उनले समग्रमा यो वर्ष खेलाडीले धेरै मेहनत गरेको बताए । देसाईले ब्याटिङमा राम्रो गरे पनि बलिङतर्फ पावर प्लेमा केही गल्ती भएको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

ट्वान्टी–२० को राम्रो बलरका रूपमा अविनाश बोहोरालाई नै सुपर ओभरमा प्रयोग गरिएको उनले उल्लेख गरे । तर, आज उनले दबाब राम्रोसँग झेल्न नसकेको बताए । ओमानका बलर बिलाल खानले राम्रो बलिङ गर्दा सुपर ओभरमा हार सामना भएको पनि धारणा राखे । तर, समग्रमा भने यस प्रतियोगितामा नेपालले राम्रो गरेको उनको भनाइ छ ।

विवेक यादवजस्तो खेलाडी अगाडि आउनु सुखद् पक्ष रहेको प्रशिक्षक देसाईको बुझाइ छ । स-साना बच्चाहरू क्रिकेट हेर्न आउनु भनेको नेपालका लागि सुखद पक्ष रहेको पनि उनले बताए ।

Global Ime bank

नेपालका कप्तान रोहित पौडेलले फाइनलको नतिजा आफ्नो पक्षमा नआए पनि यो प्रतियोगिताबाट धेरै सकरात्मक नतिजाहरू प्राप्त भएको उल्लेख गरे । अब विश्वकप आउन ५/६ महिनाको समय रहेको र यसबीच श्रृंखलाहरू व्यवस्थापन गर्दै राम्रो तयारी गर्नुपर्ने रोहितले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय