site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
त्रिवि शिक्षण अस्पतालमा उपचाररत भूकम्पका घाइतेको अवस्था कस्तो छ ?

काठमाडौं । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत जाजरकोट भूकम्पबाट घाइते भएकाहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

शनिबार दिउँसो रुकुम पश्चिमबाट ल्याइएका सानोभेरी–१ की १२ वर्षीया निरुता पुन, २० वर्षीया सुशिला बुढा, ६३ वर्षीया बाली बुढाथोकी, २१ वर्षीय गोपाल बुढाथोकी, २० वर्षीया विमला ओली बुढाथोकी र २१ महिने शिशु रिसभ बुढाथोकीको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, सानोभेरी–४ कै ६२ वर्षीया सावित्री चन्द, बलिगाड–४ की ५५ वर्षीया मैना ओली र मुसिकोट–७ की सीता पाण्डेका २१ दिनकी छोरीको उपचार भइरहेको छ ।

शिक्षण अस्पताल भर्ना गरिएकामध्ये सातजनाको हाडजोर्नी वार्डमा उपचार भइरहेको छ । उनीहरूमा घाँटी र सोभन्दा माथिको भागमा बाहिरी चोट देखिए पनि भित्री र जटिल समस्या नदेखिएको अस्पतालका निमित्त प्रशासन प्रमुख प्रमोदकुमार निरौलाले बताए । 

२१ दिने शिशुलाई भने हाई डिपेन्डेन्सी युनिट (नियोन्याटल एचडीयू) मा राखेर उपचार गरिँदै छ । ती शिशुको अवस्था जटिल नभए पनि सुरक्षाका लागि एचडीयूमा राखिएको उनले बताए ।

६२ वर्षीया सावित्री चन्दको ढाडमा सामान्य चोट भए पनि उनलाई पहिल्यैदेखि मुटुको समस्या रहेका कारण आईसीयूमा राख्नुपरेको निरौलाले बताए । उनको अवस्था पनि अहिले सामान्य छ ।

घाइतेहरूलाई शिक्षण अस्पतालले खाना र निःशुल्क उपचारको व्यवस्था गरेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro