site stats
बाह्रखरी :: Baahrakhari
देश
गण्डकी सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि एक करोड दिने

पोखरा । गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

आइतबार बिहान बसेको प्रदेश सरकारको बैठकले भूकम्पपीडितको खोज, उद्धार तथा राहत प्रयोजनका लागि प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड सहयोग गर्ने निर्णय गरेको हो ।

Argakhachi Cement Island Ad

"भूकम्पले कर्णाली प्रदेशमा ठूलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले एक करोड दिने निर्णय गरेका हौँ," गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने ।

शुक्रबार राति भूकम्प गएको र शनिवार बिहानै भूकम्प प्रभावितको उद्धार र उपचारका प्रदेश सरकारले औषधीसहित विशेषज्ञ चिकित्सकको टोली पठाएको मुख्यमन्त्री पाण्डेले बताए ।

"स्वास्थ्यकर्मीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर उपचार गराइरहनुभएको छ’ उनले भने ‘हामीले हाम्रो तर्फबाट सक्दो सहयोग गरिरहेका छौँ ।"

भूकम्पपीडितको उद्धार तथा उपचारमा गण्डकी प्रदेश सरकारले औषधीसहित विशेषज्ञ चिकित्सकको टोली शनिबार नै कर्णाली प्रदेशको भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्