site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टर्कीले इजरायलबाट आफ्नो राजदूतलाई फिर्ता बोलायो
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

इस्तानबुल । टर्कीले गाजामा भएको रक्तपातको विरोधमा इजरायलबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । साथै, टर्कीले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूसँग सम्पर्क समेत तोडेको छ ।

अंकाराले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनको टर्की भ्रमण कठिन हुने वाचाको पूर्वसन्ध्यामा त्यस्तो निर्णय गरेको हो । प्यालेस्टाइनी सहयोगी टर्कीले गएको महिना इजरायल–हमास युद्ध सुरु हुँदासम्म इजरायलसँगको बिग्रिएको सम्बन्धलाई सुधार गर्दै आएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर, लडाइँ लम्बिँदै गएपछि प्यालेस्टाइनी सर्वसाधारणको मृत्युको संख्या बढ्दै गएसँगै इजरायल र उसका पश्चिमी समर्थक विशेष गरी अमेरिका दुवैविरुद्ध टर्कीको स्वर कडा भएको छ ।

“गाजामा सर्वसाधारणविरुद्ध इजरायलले गरेको लगातारको हमला र उसले युद्धविराम गर्न अस्वीकार गरेका कारण भएको मानवीय त्रासदीलाई ध्यानमा राख्दै राजदूत साकिर ओजकान टोरुलनरलाई परामर्शका निम्ति फिर्ता बोलाइएको छ,” टर्कीको विदेश मन्त्रालयले भनेको छ ।

Royal Enfield Island Ad

टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले पत्रकारसँगको छुट्टै कुराकानीमा आफूले गाजापट्टीमा सर्वसाधारणको मृत्युका निम्ति नेतान्याहूलाई व्यक्तिगत रूपमा जिम्मेवार ठहर गरेको बताए । “नेतान्याहू अब हामीसँग कुरा गर्न सक्ने व्यक्ति रहनु भएन, हामीले उहाँलाई खारेज गरेका छौँ,” उनले भने ।

इजरायलले सुरक्षा सतर्कताका रूपमा यसअघि नै टर्की र अरू क्षेत्रीय मुलुकहरूबाट सबै राजदूतहरूलाई फिर्ता बोलाएको थियो । इजरायली विदेश मन्त्रालयले गएको साताको अन्त्यमा इजरायल–हमास युद्धका बारेमा टर्कीको बढ्दो तिखो वक्तव्यका कारण अंकारासँगको सम्बन्धलाई ‘पुनर्मूल्यांकन’ गरिरहेको जनाएको थियो ।

एर्दोगानले शनिबार दुवै पक्षबीच कूटनीतिक सम्पर्कलाई सम्पूर्ण रूपमा तोड्ने जोखिम टर्कीले उठाउन नसक्ने बताए । “कूटनीतिक सम्बन्धलाई सम्पूर्ण रूपमा तोड्न सम्भव छैन, विशेष गरेर अन्तर्राष्ट्रिय कूटनीतिमा,” उनले भने । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  २३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro