देश
काठमाडौं । जाजरकोटमा गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३२ पुगेको छ ।
जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । ७० घाइते भएका छन् । रुकुम (पश्चिम)मा ४० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ८५ जना घाइते भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रवक्ताहरूले दिएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता कुबेर कठायत र सशस्त्र प्रहरीका राजेन्द्र खड्काले भौतिक क्षतिको विवरण यकिन भइनसकेको बताए ।
जाजरकोटको बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्र विन्दु बनाई ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० १०:५६
प्रतिक्रिया दिनुहोस्