देश
काठमाडौं । जाजरकोटको भेरी नगरपालिकामा कम्तीमा १० जनाको मृत्यु भएको छ । भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले शुक्रबार राति आएको भूकम्पबाट अहिलेसम्म १० जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए ।
"अहिले हामी वडा नम्बर ३ र ४ मा बढी केन्द्रित छौँ । अहिलेसम्म हेर्दा नचर्किएको कुनै घर छैन । मृतकको संख्या पनि बढ्ने देखिन्छ । हामी उद्धारकै क्रममा छौँ," बाह्रखरीसँग उनले भने ।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० ०२:१६
प्रतिक्रिया दिनुहोस्