site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भायानेटले ल्यायो ‘रेफर ४ फ्रेन्ड्स एण्ड विन बिग’ अफर

काठमाडौं । भायानेट कम्युनिकेसनले ‘रेफर ४ फ्रेन्ड्स एण्ड विन बिग’ नामक अफर घोषणा गरेको छ । 

यसअन्तर्गत चारजना साथी वा परिवारका सदस्यलाई रेफर गर्ने ग्राहकहरूले चार महिनाको निःशुल्क इन्टरनेटका साथै अल्टिमा इयरबडहरू पनि निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो अफर भायानेटको यसअघि नै लोकप्रिय भइसकेको चाडपर्व अफर ‘चाडमा चौका’को विस्तारको रूपमा आएको कम्पनीले उल्लेख गरेको छ ।

अफरअन्तर्गत भायानेटले नयाँ किफायती इन्टरनेट प्याकेजहरू प्रतिमहिना भ्याटबाहेक ७०० रुपैयाँ र ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबडहरू तथा हिमस्टारको घरायासी सामाग्रीमा ५० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।

अफर कार्तिक १६ गतेबाट सुरु भएर मंसिर ९ गतेसम्म चल्ने छ । उक्त समयमा चारजना रेफर गर्ने प्रत्येक ग्राहकले एक जोर अल्टिमा एटम १९२ वायरलेस इयरबड निःशुल्क प्राप्त गर्नेछन् ।

प्रत्येक सफल रेफरलका लागि भायानेटका ग्राहकले स्ट्यान्डर्ड रेफरल योजनाअन्तर्गत एक महिनाको निःशुल्क इन्टरनेट सेवा पाउने छन् । यसअनुसार चारजना ग्राहकलाई रेफर गर्दा चार महिनाको निःशुल्क इन्टरनेट प्राप्त हुनेछ ।

ग्राहकद्वारा रेफर गरिएका साथी वा परिवारजनलाई भायानेटको स्ट्यान्डर्ड रेफरल योजनाको एक भागको रूपमा अल्ट्रा–फाइ योजनाको सदस्यता लिएको खण्डमा एक महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro