site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रिगलविरुद्धको मुद्दामा अदालतको निर्णय भोलि आउने

काठमाडौं । नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगल भनिने योगराज ढकाललाई माफी दिने निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतको निर्णय भोलि आउने भएको छ । 

कायम मुकायम प्रधान्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपनाप्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले बहस सकिएपछि निर्णय सुनाउन मिति तोकेको हो ।

०७२ साल असार २८ गते चेतनको हत्या गरी फरार रहेका रिगललाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध भारती शेर्पाले रिट दायर गरेकी थिइन् । भारतीले आफ्नो श्रीमानको हत्यारालाई माफी दिएर आफूसहितका पीडितलाई थप पीडा दिएको भन्दै रिट दायर गरेकी थिइन् ।

उनले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, कारागार व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय बाँके तथा दाङ र कारागार कार्यालय दाङसहित रिगललाई विपक्षी बनाएर असोज २२ मा रिट दायर गरेकी हुन् ।

बुधबार दुवै पक्षको बहस सकिएपछि इजलासले निर्णय सुनाउन बिहीबारको मिति तोकेको हो । बिहीबार संक्षिप्त आदेश वा अन्तिम फैसलामध्ये जे पनि हुन सक्ने सर्वोच्च स्रोतले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro