site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रिय मर्यादासम्बन्धी अन्योलता विधेयकले अन्त्य गर्नेछ : सांसदहरू
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले राष्ट्रिय मर्यादासम्बन्धी अन्योल रहेका कुरालाई “राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९” ले अन्त्य गर्ने बताएका छन् ।

मंगलबार 'राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९' माथिको छलफलमा भाग लिँदै राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले विधेयकले विगतका अन्योलताहरूलाई चिर्ने प्रयास गरेको बताए । उनले २०७९ चैत्र ५ गते दर्ता भएकोमा आज विधेयकको रुपमा समितिको प्रतिवेदनसहित छलफलमा आउनु सकारात्मक भएको बताए ।

उनले भने, “राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ ले विगतका अन्योलताहरूलाई चिर्ने प्रयास गरेको छ । हामीले यी विषयहरूलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा अब स्पष्ट हुनेछ । सधैँ अब अन्योलतामा रहने छैनौँ । २०७९ चैत्र ५ गते दर्ता भएकोमा आज विधेयकको रूपमा समितिको प्रतिवेदनसहित छलफलमा उपस्थित भएका छौँ । एमालेको तर्फबाट पनि यो विधेयकप्रति पूर्ण समर्थन छ ।"

राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की अछामीले राष्ट्रियसभामा उत्पन्न भएको राष्ट्रिय महत्वका सबै क्षेत्र, राष्ट्रिय झण्डा र राष्ट्रिय गानसमेत सबैलाई व्यवस्थित गर्नको निम्ति बनाइएको बताए ।

उनले भने, "राष्ट्रियसभामा उत्पन्न भएको यो विधेयक राष्ट्रिय महत्वका सबै क्षेत्र र राष्ट्रिय झण्डा र राष्ट्रिय गानसमेत सबैलाई व्यवस्थित गर्नको निम्ति बनाइएको र भइसकेपछि अब नेपाल सरकारलाई पनि सहज हुने विश्वास छ ।"

छलफलमा भाग लिँदै राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले 'राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९' ले राष्ट्रिय सभाको पनि गरिमा बोकेको बताए ।

राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले विगतमा राष्ट्रिय मर्यादासम्बन्धी कुराहरू अन्योलमा रहेको र यो विधेयकबाट अन्योलताको अन्त्य हुने विश्वास व्यक्त गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro