site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । ओपनर सयेद अजिजको अर्धशतकप्रेरित मलेसियाले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा नेपालसामु १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार अजिजले अर्धशतक बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको मलेसिया निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६५ रनको योगफल खडा गर्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

मलेसियाका ओपनर अजिजले ४९ बलमा आठ चौका र दुई छक्कासहित ६८ रन बनाए । अजिजले पहिलो विकेटका लागि ५.५ ओभरमा जुबाइदी जुल्किफ्लीसँग ५८ रनको साझेदारी गर्दै मलेसियालाई उत्कृष्ट सुरुआत दिलाएका थिए । जुल्किफ्लीले २४ रन थपे ।

तर, यसपछिका ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा मलेसिया ठूलो योगफलसम्म पुग्न सकेन । सर्विन मुनियन्दीले १३ र विजय उन्नीले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

Global Ime bank

नेपालका अभिनाश बोहराले चार विकेट लिए । चार ओभर बलिङ गरेका अभिनाशले २७ रन खर्चिए । सन्दीप लामिछाने, गुल्सन झा र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।

नेपाल आज लगातार दोस्रो जितको खोजीमा छ । यसअघि, नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।

मलेसिया भने पहिलो जितको खोजीमा छ । मलेसिया यसअघि पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement