site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कस्तो छ अभिनेता घिमिरेको स्वास्थ्य अवस्था ?
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । अभिनेता प्रकाश घिमिरेको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै आएको छ । भिरबाट लडेर घाइते भएका घिमिरेको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

“उहाँको स्वास्थ्यमा सुधार आइरहेको छ । अचेत अवस्थामा भनाइ हुनुभएका उहाँको होस आएको छ । बोल्न सक्ने हुनुभएको छ । ह्विलचेयरमा बसेर हिँडाउन थालिएको छ,” मणिपाल अस्पताल पोखराका प्रवक्ता कृष्णमोहन श्रेष्ठले बाह्रखरीसँग भने, “ब्लड प्रेसर, अक्सिजन ठिक छ । एक÷दुई दिनमा उहाँलाई वार्डमा सारिन्छ ।”

प्रवक्ता श्रेष्ठका अनुसार घिमेरको टाउको, मेरुदण्ड र छातीमा चोट छ । त्यसैले आराम भने लिनु पर्ने उनी बताउँछन् । “बाहिरीभन्दा पनि भित्री असर कस्तो छ भन्ने कुराले अर्थ राख्छ । त्यसैले काममा फर्किन कति समय लाग्छ भन्न सकिन्नँ,” उनले भने ।

अभिनेता घिमिरे शुक्रबार बिहान गाईलाई घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro