site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाल सुधारगृहका बालिगबन्दी जहाँ पुगे त्यहीँ ‘लफडा’

काठमाडौं । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले बाल सुधारगृह सरकारले चलाउनुपर्ने बताएका छन् । बाल सुधारगृहमा हतियारसहित सुरक्षाकर्मी भित्र पठाउन अवरोध गर्ने कानुन परिमार्जन गर्नुपर्नेमा समेत उनले जोड दिए ।

प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा मंगलबार उनले बाल सुधारगृहमा भएका झडप र तोडफोडका घटनामा १८ वर्षमाथिका बन्दीको संलग्नता रहेको जिकिर गरे । त्यस्ता घटनामा १८ वर्ष पुगेकाले साना बालबन्दीलाई ढाल बनाएका उनले बताए ।

Dabur Nepal
NIC Asia

“अब छुट्ट्याउनुपर्ने भयो । १८ वर्ष पुगेकाले साना बालबन्दीलाई ढाल बनाएका छन्,” उनले भने ।

भक्तपुरस्थित बाल सुधारगृहमा तोडफोडमा संलग्नलाई विभिन्न जिल्लामा पठाइएको उनले बताए । उनीहरू जहाँ पुगे त्यहीँ त्यस्ता घटना घटाएको उनको भनाइ छ ।

सम्बन्धित जिल्लाका सीडीओले उनीहरूलाई बाल सुधारगृहबाट निकाल्नेबारे बताएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

“हतियार लिएर सुरक्षाकर्मी भित्र जान सक्दैन । ढिला पुग्दा उनीहरू बाहिर आएका हुन् । को–को हुन् एग्रेसिभ भनेर हेर्दा ५० जना रहेछन्,” भक्तपुरस्थित बाल सुधारगृहको घटनाबारे उनले भने, “हामीले १०/१२ जनालाई वीरगन्ज, बाँकेलगायत अन्य ठाउँमा पठाइयो । उनीहरू जहाँ पुगे त्यही घटना घटाएका छन् । सम्बन्धित जिल्लाका सीडीओले यहाँबाट झिकिदिन्छौँ भन्नुभएको छ ।”

बाल सुधारगृहमा १८ वर्ष पुगेका र नपुगेकालाई सँगै राख्ने/नराख्नेबारे विचार गर्नुपर्ने पनि उनले बताए । “उनीहरू (बालिगबन्दी)ले सुरक्षाकर्मी प्रवेश गर्छन् भनेर साना बालबालिकालाई ढाल बनाए, प्रवेश गर्‍यौ भने चार तलाबाट फालदिन्छौँ भने,” सहसचिव भट्टराईले भने, “१८ वर्ष पुगेका र नपुगेकालाई सँगै राख्ने/नराख्ने रिथिंक गर्नु छ । बाँकेमा १८ वर्ष पुगेका मात्र लगेका छौँ ।” 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro