राजनीति
रुपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् ।
नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उनी यहाँ आएका हुन् । महासचिव अन्नपूर्ण बेसक्याम्पबाट भैरहवा हुँदै लुम्बिनी आउँदै छन् ।
लुम्बिनीमा प्रधानमन्त्री प्रचण्डलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामालगायत व्यक्तिले स्वागत गरे । महासचिव गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसंघका छैटौँ महासचिव हुन् । रासस
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८० ११:००
प्रतिक्रिया दिनुहोस्