site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मोदीदेखि जर्मन चान्सलरसम्मले गरेका थिए नेपालको संसद्‍मा सम्बोधन 
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधनको तयारीका लागि सजाइएको संसद् भवन परिसर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार अपराह्न ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दैछन् । सांसदहरु ३ः४५ बजे अनिवार्य औपचारिक पोसाकमा बैठक कक्षभित्र प्रवेश गर्नुपर्नेछ । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले गुटेरेसको सम्बोधनको जानकारी गराइसकेका छन् ।

राष्ट्रसंघको महासचिवको हैसियतमा गुटेरेसले रोस्ट्रममा उभिएर पहिलो पटक सम्बोधन गर्न लागेका हुन् । 

यसअघि सन् २००८ को अक्टोबरमा राष्ट्रसंघका तत्कालीन महासचिव बान कि मुन काठमाडौं आएका थिए । पहिलो संविधानसभाकालमा नेपाल आएका मुनले संविधानसभा रोस्ट्रममा उभिएर सम्बोधन गर्न पाएनन् । 
उनको हकमा छुट्टै कार्यक्रम गरी बोल्ने व्यवस्था मिलाइएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

संसदका पूर्वमहासचिव मनोहर भट्टराईका अनुसार मुनका निमित्त संविधानसभा बैठक हल नजिकै परिसरमा कार्यक्रम राखिएको थियो । मुख्य सभास्थलको रोष्ट्रममा उभिएर सम्बोधन गर्ने व्यवस्था गरिएको थिएन ।

त्यसअघि पनि पटक–पटक राष्ट्रसंघीय महासचिवले नेपाल भ्रमण गरेका थिए । तर, संसद्को रोस्ट्रममा उभिएर सम्बोधन गर्ने गुटेरेस पहिलो महासचिव हुनेछन् । 

Global Ime bank

“राष्ट्र प्रमुख र सरकार प्रमुखले सम्बोधन गर्न पाउने ‘प्रोटोकल’ थियो,” पूर्व महासचिव भट्टराईले भने ।

सदनमा सम्बोधनका विगत 

तत्कालीन जर्मन चान्सलर हेल्मुट कोहलले नेपालको सदनमा सम्बोधन गरेका थिए ।  कोहलले २०४४ असार ४ गते राष्ट्रिय पञ्चायतलाई सम्बोधन गरेका थिए । त्यसबेला राष्ट्रिय पञ्चायतलाई पनि सदन भन्ने गरिन्थ्यो । 

२०३९ असोजमा जिम्मेवारी सम्हालेका कोहल २०५५ कात्तिकसम्म जर्मन चान्लसर थिए । 

सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री चुनिएपछि नरेन्द्र मोदीले नेपाल भ्रमण गरेका थिए । त्यसबखत उनले नेपालको सदनलाई सम्बोधन गरेका थिए । मोदीले राष्ट्र प्रमुखको रूपमा १९ साउन २०७१ मा सदनलाई सम्बोधन गरेका थिए । 

नेपालको संसदलाई विशेष सम्बोधन गर्दै मोदीले नेपाल–भारतबीचको सम्बन्ध ‘हिमालय र गंगा जत्तिकै पुरानो’ रहेको बताएका थिए । मोदीले नेपालको सार्वभौमिकताले विश्वले गौरव गर्ने गरी हिमालयको उचाइ प्राप्त गरोस् भनेका थिए । 

भारतीय लोकसभा अध्यक्ष डा. बलराम जाखर तत्कालीन राष्ट्रिय पञ्चायतको अवलोकन गर्न नेपाल आएका थिए । उनी २०४५ भदौ २१ मा राष्ट्रिय पञ्चायत पनि पुगेका थिए । उनी राष्ट्रिय पञ्चायतभित्र रहँदा नारावाजी भएपछि अप्ठ्यारो परिस्थिति पैदा भएको थियो ।

सदनमा जाखर उपस्थित हुँदा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य उमेशजंग थापाले भारतविरोधी नारा लगाएपछि परिस्थिति खल्बलिएको थियो ।  ‘भारतीय विस्तारवाद मुर्दावाद’ भन्दै थापाले नारा लगाएका थिए । असहज वातावरणबीच जाखरले १२ मिनेट राष्ट्रिय पञ्चायतमा बिताएका थिए । 

त्यसरी नारा लगाएपछि राष्ट्रिय पञ्चायत अध्यक्ष नवराज सुवेदीले थापालाई सदनबाट निकालेका थिए । 

सुकीको ल्होत्से हलमा गरेकी थिइन् सम्बोधन 

म्यानमारकी प्रजातन्त्रवादी नेतृ तथा नोबेल पुरस्कार विजेता र लोकतान्त्रिक प्रतिमा आङ सान सुकीले पनि नेपाल भ्रमण गरेकी थिइन् । उनले २०७१ जेठ ३० गते नेपाल भ्रमण गरेकी थिइन् ।  नेतृ सुकीले संसदको ल्होत्से हलमा आफ्नो सम्बोधन गरेकी थिइन् । 

सी जिनपिङ देखि यी नेताले गरेनन् सम्बोधन 

२०७६ असोज २५ गते चीनका राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आएका थिए । उनले भने सदनलाई सम्बोधन गरेनन् । पञ्चायतकालमा पनि ठूलठूला विदेशी पाहुना आएका छन् । तर, उनीहरुले सदनलाई सम्बोधन गरेको पाइँदैन ।

२०४३ चैतमा रोमानियाका कम्युनिष्ट राष्ट्रपति निकोला चाउसेस्कु तीन दिने नेपाल भ्रमण आएका थिए ।  उनले पनि राष्ट्रिय पञ्चायतलाई सम्बोधन गरेनन् । १९७० जनवरीमा अमेरिकी उपराष्ट्रपति स्पिरो एग्न्यु नेपाल भ्रमण आएका थिए । उनले पनि राष्ट्रिय पञ्चायतमा सम्बोधन गरेको पाइँदैन ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय