site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानी दूतावासले मनायो ‘कश्मीर ब्ल्याक डे’

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले सोमबार एक कार्यक्रमको आयोजना गरी ‘कश्मीर ब्ल्याक डे’ मनाएको छ ।

दूतावास कश्मीर ब्ल्याक डेको अवसरमा सोमबार राजधानीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

भारतले ७६ वर्षअघि गैरकानुनी हस्तक्षेप गरी श्रीनगरमा सेना तैनाथ गरेको र जम्मू–कश्मीरलाई अवैध रूपमा कब्जा गरेको आरोप पाकिस्तानले लगाउँदै आएको छ ।

भारतको उक्त कार्यको विरोध स्वरुप पाकिस्तानले त्यसयता प्रत्येक वर्ष सोही दिन कश्मीर ब्ल्याक डे मनाउँदै आएको छ । सोमबार आयोजना गरिएको कार्यक्रममा विश्लेषक, विद्धान तथा पत्रकारहरू सहभागी थिए ।

कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीको सन्देश पढेर सुनाइएको थियो । सन्देशमा राष्ट्रपति आरिफ अल्वीले कब्जा गरेको जम्मू–कश्मीरमा भारतले जनतालाई आर्थिक, राजनीतिक र भूमि अधिकारबाट बञ्चित गरेको आरोप लगाएका छन् ।

सन्देशमा पाकिस्तानका प्रधानमन्त्री अनवर–उल–हकले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्तावअनुसार कश्मीरका जनतालाई आत्मनिर्णयको अधिकार दिनुपर्ने बताएका छन् । उनले कश्मीरमा रहेको सैन्य घेराबन्दी हटाउन र बन्द गरिएको सञ्चार खुलाउन माग समेत गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro