site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा घरेलु टिम नेपालले सिंगापुरबाट १४६ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनायो ।

सिंगापुरका ओपनर रोहन रंगराजनले ४६ रन बनाए । उनले ३० बलमा नौ चौका र एक छक्का प्रहार गरे ।

Dabur Nepal
NIC Asia

सिंगापुरले स्कोरबोर्डमा खाता नखोल्दै पहिलो विकेट गुमाएको थियो । तर, त्यसपछि दोस्रो विकेटका निमित रंगराजने सुरेन्द्रन चन्द्रमोहनसँग ५२ रनको साझेदारी गर्दै सिंगापुरको इनिङ्स सम्हालेका थिए । चन्द्रमोहन ६ रनमा पभेलियन फर्किए ।

आर्यावीर चौधरीले ३७ रन थपे । मनप्रित सिंहले २४ र अक्षय पुरीले १३ रन बनाए । सिंगापुरका अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सिंगापुरका तीन ब्याटर ‘डक’ भएका थिए ।

नेपालका अभिनाश बोहराले तीन विकेट लिए । सन्दीप लामिछाने, गुल्सन झा र करण केसी समान दुई विकेट लिए ।

आजदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । यसपछि नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

यो छनोटबाट फाइनलमा पुग्ने दुई टिम आउँदो वर्ष उत्तर अमेरिकामा हुने विश्वकपमा छनोट हुनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro