खेल

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध नेपालका अभिनाश बोहराले १८औँ ओभरमा दुई विकेट लिएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरका थिलिपन ओमाइदुराईलाई अभिनाशले १७.२ ओभरमा सन्दीप जोराबाट क्याच गराए । सोही ओभरको चौथो बलमा अभिनाशले अन्था कृष्णालाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए ।
जारी खेलको १८ ओभर सकिँदा सिंगापुरले आठ विकेट गुमाएर १२४ रन जोडेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८० १०:३५
प्रतिक्रिया दिनुहोस्